गृहपृष्ठ वाईवाई ग्लोकल टीन हिरो : अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा
वाईवाई ग्लोकल टीन हिरो : अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा
Mobile
वाईवाई ग्लोकल टिन हिरो २०२२ का अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको छ । देश भरिका किशोरकिशोरीहरूबाट कुल ६४८ आवेदन आएकोमा अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको हो ।
किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरुमाझ चिनाउने कार्यक्रम ‘वाईवाई ग्लोकल टिन हिरो नेपालको यो आठौँ संस्करण हो । आयोजकका अनुसार यस वर्ष आगामी सेप्टेम्बर १ मा अवार्ड कार्यक्रम र सम्मेलनमार्फत वाईवाई ग्लोकल टिन हिरो नेपाल विजेताको नाम घोषणा गरिनेछ ।
वाईवाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी आशिष शाह (धनुषा-शिक्षा प्राविधिक), विमर्ष पौडेल, (चितवन-चलचित्र निर्माता), दर्शना रिजाल (मोरङ-महिला अधिकारकर्मी), निश्चल सिंह विष्ट, (अछाम-इकोप्रेनेउर), राहुल रञ्जन शाह (धनुषा-खगोल विज्ञान प्रेमी), र सृजना गौतम (मोरङ-सामाजिक कार्यकर्ता) रहेका छन् ।
अन्तिम ६ प्रतिस्पर्धीको कामको सुरुवात र प्रभावको आधारमा र व्यक्तित्व मापदण्ड, ज्ञान र दुरदर्शनको मापनको लागि अन्तर्वार्ता हुनेछ र २०२२ को विजेता घोषणा गरिने आयोजकले जनाएको छ ।
यस वर्षको निर्णायक टोलीमा युरोपियन युनियनका राजदूत नोना डेप्रेज, गोल्डस्टारको मार्केटिङ, ब्रान्डी र व्यवसाय विकास निर्देशक विधुषी राणा, नेपालका लागि कोकाकोला कम्पनीका कन्ट्री निर्देशक आदर्श अवस्थी, गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा र ज्योति ग्रुप अफ कम्पनीका निर्देशक र स्याकर ट्रेडिङ कम्पनीका अध्यक्ष, सौरभ ज्योति रहेका छन् ।
यस वर्षको अन्तिम ६ प्रतिस्पर्धीले ६ दिन लामो क्षमता निर्माण कार्यशालामा सहभागी हुने अवसर प्राप्त गर्नेछन् । प्रतिस्पर्धीहरुलार्ई भोट गर्न, आफूलाई मनपर्ने फाइनलिस्टको भोटिङ कोड ३३००१ मा एसएमएस गर्न सकिने आयोजकले जनाएकाे छ ।
प्रकाशित समय : १७:४१ बजे



















