गृहपृष्ठ थप ६२३ जनामा कोरोना संक्रमण पुष्टि
थप ६२३ जनामा कोरोना संक्रमण पुष्टि
देशभर पछिल्लो २४ घण्टामा थप छ सय २३ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा चार हजार नौ सय ४५ जनाको नमुना परीक्षण गरिएको थियो । एक हजार छ सय २१ जनाले पीसीआर र तीन हजार तीन सय २४ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा १० हजार नौ सय ९० जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । यही अवधिमा चार सय ८७ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या नौ लाख ७७ हजार आठ सय ४५ पुगेको छ । संक्रमणमुक्त हुने दर ९८ दशमलव तीन प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
हाल सक्रिय संक्रमितको संख्या पाँच हजार २४ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार नौ सय ९० पुगेको छ । होम आइसोलेसनमा चार हजार आठ सय ३४, संस्थागत आइसोलेसन एक सय ९०, आइसीयूमा ४९ र भेन्टिलेटरमा छ जना संक्रमित रहेका छन् ।
हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर रहेका छन् ।
शून्य संक्रमित रहेका जिल्लाहरुमा मनाङ, मुस्ताङ, कालिकोट, हुम्ला, डोल्पा, जुम्ला र मुग रहेका छन् ।
उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा दुई हजार चार सय ४३, ललितपुर आठ सय एक र भक्तपुरमा ८० सक्रिय संक्रमित रहेका छन् । कुलमा संक्रमणदर १७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित समय : १७:२३ बजे



















