गृहपृष्ठ व्यास पराशर क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउनुपर्छ : रामचन्द्र पौडेल
व्यास पराशर क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउनुपर्छ : रामचन्द्र पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यास पराशर क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउनुपर्नेमा जोड दिएका छन् ।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा व्यास क्षेत्र विकास कोषद्वारा व्यास–३ स्थित शिवपञ्चायन मन्दिर क्षेत्रमा आज आयोजित वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै उनले धार्मिक महत्व बोकेको व्यास र पराशर क्षेत्रको एकीकृत विकास गर्नुपर्छ भने।
व्यास पराशर क्षेत्रलाई विश्वभरका हिन्दु धर्मावलम्बीको आकर्षणको केन्द्रबिन्दु बनाउनुपर्ने नेता पौडेलको भनाइ थियो । ‘विश्वभरका धार्मिक पर्यटकलाई व्यास र पराशर क्षेत्र आउने वातावरण बनाउनेतर्फ लाग्नुपर्छ,’ उनले भने । वरिष्ठ नेता पौडेलले भानुभक्तको जन्मस्थल चुँदीरम्घालाई साहित्यिक पर्यटकीय गन्तव्यस्थल बनाउन आफूले पहल गरिरहेको बताए ।
त्यस्तै, मानुङकोट, छाब्दीबाराही, तनहुँ कालिकालगायतलाई पनि पर्यटकीय क्षेत्रका रुपमा विकास गरी समग्र तनहुँको विकास अभियान सञ्चालन गर्नेतर्फ ध्यान दिइने उनले बताए ।
प्रकाशित समय : १२:२९ बजे


















