गृहपृष्ठ एकीकृत समाजवादीले तय गर्यो उम्मेदवार सिफारिस प्रक्रिया र मापदण्ड (विज्ञप्ति)
एकीकृत समाजवादीले तय गर्यो उम्मेदवार सिफारिस प्रक्रिया र मापदण्ड (विज्ञप्ति)
नेकपा एकीकृत समाजवादी पार्टीले आगामी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया र मापदण्ड तय गरेकाे छ । उम्मेदवार छनाेटकाे मापदण्ड ८ बुँदामा समेटिएका छन् ।
केन्द्रीय सचिवालयको ३५औं बैठकले पार्टीको तर्फबाट उठाइने उम्मेदवारको सिफारिस एवं छनोट गर्दा आधार बनाउन मापदण्ड तोकिएको महासचिव डा. बेदुराम भुसालले जानकारी दिए । उनले भने, ‘पार्टीको कार्यदिशा, नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको, विद्रोहमा सक्रिय भूमिका खेलेका र पार्टी निर्माणमा योगदान गरेका, पार्टी र क्रान्तिप्रतिको निष्ठा र अनुशासनमा दृढ, आर्थिक एवं नैतिक आचरण राम्रो रहेकालाई उम्मेदवार बनाइनेछ ।’
मापदण्डमा जनतामा स्थापित एवं लोकप्रिय, स्वच्छ छवि भएको र सुशासनको पक्षपाती, कार्यक्षमता राम्रो भएको र सक्रिय तथा समावेशीको सिद्धान्तविपरीत नहुने गरी उम्मेदवार चयन गर्न भनिएकाे छ ।
समाजवादी पार्टीले मंसिर ४ गते हुने निर्वाचनका लागि भदौ २० गतेभित्र पार्टीको तर्फबाट उम्मेदवारको निर्णय गरिसक्ने समयसीमा तोकेको छ । त्यसका लागि जिल्ला कमिटीले १२ गतेभित्र प्रदेश कमिटीमा सिफारिस गरिसक्ने, प्रदेश कमिटिले भदौ १५ गतेभित्र केन्द्रमा सिफारिस गरिसक्नुपर्ने महासचिव भुसालले बताए ।
यस्तै, नेकपा एककृत समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रका नेताहरू सम्मिलित एउटा पार्टी एकता संयोजन समिति गठन गर्ने निर्णय पनि भएको छ । उक्त समितिले दुई पार्टीबीचको एकता र सिंगाे नेपाली कम्युनिष्ट आन्दोलनको एकताका सम्बन्धमा छलफल, बहस लगायतका काम गरी एकताको वातावरण निर्माण गर्ने विश्वास लिएको भुसालले जानकारी दिए ।
विज्ञप्ति:

प्रकाशित समय : १५:५५ बजे



















