गृहपृष्ठ सत्ता गठबन्धनकै जनमोर्चाले भन्यो– राष्ट्रपतिको कदम ठिक छ, नागरिकता विधेयक खारेज गर्नुपर्छ

सत्ता गठबन्धनकै जनमोर्चाले भन्यो– राष्ट्रपतिको कदम ठिक छ, नागरिकता विधेयक खारेज गर्नुपर्छ

सत्ता गठबन्धनकै जनमोर्चाले भन्यो– राष्ट्रपतिको कदम ठिक छ, नागरिकता विधेयक खारेज गर्नुपर्छ

राष्ट्रिय जनमोर्चाकी सांसद् दुर्गा पौडेलले अहिलेको संसद्‌बाट जारी गर्न लागिएको नागरिकता विधेयकअनुसार नागरिकता बाँडै जानो हो भने नेपाल चाँडै फिजी हुने बताएकी छन् ।

पाँच दलीय गठबन्धनकी सदस्यसमेत रहेकी सांसद् पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकमा भएको त्रुटीबारे सदनले छलफलमा ल्याओस् भनेर सुझावसहित फिर्ता पठाएकोमा स्वागत गरिन् । साथै उनले फिर्ता गरेको नागरिकता विधेयक खारेज गर्नुपर्ने बताइन् ।

विधेयक खारेज गरेर नागरिकताका विषयमा व्यापक छलफल गरेर अर्को विधेयक ल्याउनुपर्ने धारण पनि राखिन् ।

नागरिकता मुलुकको अखण्डता र राष्ट्रियतासँग जोडिएको विषय भन्दै उनले विवाह गर्नेबित्तिकै कुनै पनि विदेशी नेपाली नागरिक हुन योग्य नहुने बताइन् ।

‘राष्ट्रिय जनमोर्चाले संविधान घोषणा हुँदा पनि नागरिकता विधेयकबारे धारणा राखेर संशोधन हालेको थियो,’ उनले भनिन्, ‘नागरिकता पाउने राजनीति, सामाजिक, भौगलिक आधार र सीमाहरूको अध्ययन गरेर दिने गरिन्छ । बिहे गर्दैमा नागरिकता पाउन योग्य भयो भन्ने सिद्धान्तमा विश्वमा कहीँ पनि छैन ।’

उनले नागरिकता अखण्डता र राष्ट्रियतासँग जोडिएको बताइन् । सांसद् पौडेलले जन्मको आधारमा कुन विधिशास्त्रअनुसार नागरिकता वितरण गरिँदै छ भनेर प्रश्न गरिन् ।

‘नेपाली नागरिकलाई अन्याय भएको छ भने सुधार्न सकिन्छ । तर, जन्मको र वैवाहिक आधारमा अहिलेको प्रावधानअनुसार नागरिकता नदिउँ,’ उनले भनिन्, ‘हामीसँग छिमेकीले र हाम्रा चेलीले बिहे गरेर लानेहरूले कस्तो व्यवहार गरेका छन् त्यहीअनुसार गरौँ । नागरिकता वैवाहिक अंगिकृतलाई सात वर्ष तोकेर नै जानुपर्छ ।’

प्रकाशित समय : १३:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु