गृहपृष्ठ ग्लोबल आइएमई बैंकले सुरु गर्यो ‘भिडियो-केवाइसी’ सेवा
ग्लोबल आइएमई बैंकले सुरु गर्यो ‘भिडियो-केवाइसी’ सेवा

ग्लोबल आइएमई बैंकले अनलाइन भिडियोमार्फत ग्राहक पहिचान (भीकेवाइसी) सेवाको सुरुवात गरेको छ । यो सेवाको सुरुवातसँगै ग्लोबल आइएमई बैंकका नयाँ ग्राहकहरुले अनलाइनमार्फत खाता खोली भिडियो केवाइसीमार्फत आफ्नो पहिचान गरी खाता सुचारु गर्न सक्नेछन् ।
बैंकमा नयाँ खाता खोल्ने ग्राहकहरुले खाता खोल्नेलगायत केवाइसी फारम भर्न बैंक नै धाउनुपर्ने छैन । नयाँ खाता खोल्दा आवश्यक पर्ने कागजातहरू प्रमाणित गर्न तथा ग्राहक पहिचान अनलाइन भिडियोमार्फत गर्न सकिने बैंकले जनाएको छ ।
बैंकले ग्राहकलाई अनलाइन खाता खोल्ने सुविधा दिइरहेकोमा भिडियो केवाइसी अझ प्रभावकारी हुनेछ भन्ने बैकले विश्वास लिएको जनाएकाे छ । बैंककाे अनुसार यो सेवाबाट फरक क्षमता भएका व्यक्तिगत ग्राहकहरू, विदेशमा बसोवास गर्ने नेपाली नागरिकहरुले विश्वको कुनै पनि ठाउँबाट भिडियो केवाइसी सेवामार्फत अनलाइनबाटै बैंकमा खाता खोल्न सक्नेछन् ।
मुलुकका ७७ वटै जिल्लामा २८९ शाखा रहेको नेपालको पहिलो निजी क्षेत्रको बैंकले २७० एटीएम, २७५ शाखा रहित बैंकिङ सेवा, ५२ एक्स्टेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८८१ भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गरिरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
प्रकाशित समय : १३:५८ बजे