global ime bank Long Banner Ad

गृहपृष्ठ सबैको लघुवित्तको संस्थापक सेयर बिक्री खुला

सबैको लघुवित्तको संस्थापक सेयर बिक्री खुला

सबैको लघुवित्तको संस्थापक सेयर बिक्री खुला

सबैको लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री खुला गरेको छ । लघुवित्तको संस्थापक सेयर धनीहरुले आज (बिहीबार) देखि आफ्नो नाममा रहेको २२ हजार ४२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएका हुन् ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले बिहीबारबाट ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय बन्दीपुर-१, डुम्रे, तनहुँमा निवेदन पेश गर्न सक्नेछन् ।

यस्तै, लघुवित्तका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । उक्त समयभित्र कुनैपनि संस्थापकबाट निवेदन प्राप्त नभए अन्य व्यक्ति वा संस्थाले सेयर खरिद गर्नसक्ने कम्पनीले जनाएको छ ।

प्रकाशित समय : १३:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु