global ime bank Long Banner Ad

गृहपृष्ठ काबुलस्थित मस्जिदमा विस्फोट, २१ जनाको मृत्यु

काबुलस्थित मस्जिदमा विस्फोट, २१ जनाको मृत्यु

काबुलस्थित मस्जिदमा विस्फोट, २१ जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलस्थित एक मस्जिदमा शक्तिशाली विस्फोट भएको छ । स्थानीय अधिकारीका अनुसार साँझको प्रार्थनाको समयमा भएको विस्फोटमा २१ जनाको मृत्यु भएको छ । भने ६० भन्दा बढी घाइते भएका छन् ।

काबुल सुरक्षा विभागका प्रवक्ता खालिद जद्रानले विस्फोटको पुष्टि गर्दै काबुलको पीडी १७ मा रहेको मस्जिदमा बम विस्फोट भएको बताए । विस्फोटमा मस्जिदका इमाम मौलावी अमिर मोहम्मद काबुलीको पनि मृत्यु भएको छ । बम विष्फोटमा घाइते हुनेमा बालबालिकासमेत रहेका छन् । बम विस्फोटको जिम्मेवारी कुनै पनि संगठनले लिएको छैन ।

विस्फोटस्थलमा गुप्तचर टोली खटिएको र अनुसन्धान जारी रहेको समाचार एजेन्सीले उल्लेख गरेका छन् ।

प्रकाशित समय : १३:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु