गृहपृष्ठ काबुलस्थित मस्जिदमा विस्फोट, २१ जनाको मृत्यु

काबुलस्थित मस्जिदमा विस्फोट, २१ जनाको मृत्यु

काबुलस्थित मस्जिदमा विस्फोट, २१ जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलस्थित एक मस्जिदमा शक्तिशाली विस्फोट भएको छ । स्थानीय अधिकारीका अनुसार साँझको प्रार्थनाको समयमा भएको विस्फोटमा २१ जनाको मृत्यु भएको छ । भने ६० भन्दा बढी घाइते भएका छन् ।

काबुल सुरक्षा विभागका प्रवक्ता खालिद जद्रानले विस्फोटको पुष्टि गर्दै काबुलको पीडी १७ मा रहेको मस्जिदमा बम विस्फोट भएको बताए । विस्फोटमा मस्जिदका इमाम मौलावी अमिर मोहम्मद काबुलीको पनि मृत्यु भएको छ । बम विष्फोटमा घाइते हुनेमा बालबालिकासमेत रहेका छन् । बम विस्फोटको जिम्मेवारी कुनै पनि संगठनले लिएको छैन ।

विस्फोटस्थलमा गुप्तचर टोली खटिएको र अनुसन्धान जारी रहेको समाचार एजेन्सीले उल्लेख गरेका छन् ।

प्रकाशित समय : १३:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु