गृहपृष्ठ लक्ष्मी क्यापिटलको ‘खुलामुखी म्युचुअल फन्ड’मा आवेदन दिने बिहीबार अन्तिम दिन

लक्ष्मी क्यापिटलको ‘खुलामुखी म्युचुअल फन्ड’मा आवेदन दिने बिहीबार अन्तिम दिन

लक्ष्मी क्यापिटलको ‘खुलामुखी म्युचुअल फन्ड’मा आवेदन दिने बिहीबार अन्तिम दिन

लक्ष्मी क्यापिटलको ‘खुलामुखी म्युचुअल फन्ड’ मा आवेदन दिने बिहीबार (आज) अन्तिम दिन रहेको छ ।

क्यापिटलले साउन १९ गतेदेखि ‘शुभ लक्ष्मी कोष’ को कुल ५ करोड इकाई निष्कासन गरेको थियो । जसमध्ये ७५ लाख इकाई वा कुल बिक्री भएको इकाईको १५ प्रतिशत विज पुँजीवापत कोष प्रवर्द्धक लक्ष्मी बैंकलाई सुरक्षित गरिएको छ ।

यस्तै, बाँकी ४ करोड ७५ लाख इकाईमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि १ करोड ७५ लाख इकाई बिक्री खुला गरिएको लक्ष्मी क्यापिटलले जनाएको छ ।

त्यसैगरी, प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ । न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिने क्यापिटलले जनाएको छ ।

प्रकाशित समय : १३:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु