global ime bank Long Banner Ad

गृहपृष्ठ एलन मस्कले भने– म्यानचेस्टर युनाइटेड किन्दै छु

एलन मस्कले भने– म्यानचेस्टर युनाइटेड किन्दै छु

एलन मस्कले भने– म्यानचेस्टर युनाइटेड किन्दै छु

विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले मंगलबार ट्वीट गर्दै आफूले इंग्लिस फुटबल क्लब म्यानचेस्टर युनाइटेड किन्ने बताएका छन् ।

अमेरिकन व्यापारी मस्कले म्यानचेस्टर युनाइटेड किन्न गरिने सम्झौताको विषयमा भने स्पष्ट पारेका छैनन् ।

यसअघि उनले सामाजिक सञ्जाल ट्वीटर किन्ने घोषणा गरेका थिए । तर, मस्क अहिले सोसल मिडिया कम्पनी ट्वीटर किन्नका लागि ४४ बिलियन डलरको सम्झौताबाट बाहिरिने प्रयासमा छन्, जसले उनलाई अदालत पुर्‍याएको छ ।

म्यानचेस्टर युनाइटेड विश्व फुटबलको सबैभन्दा प्रसिद्ध नाममध्ये एक क्लब हो । क्लबका वर्तमान मालिक अमेरिकी ग्लेजर परिवारलाई क्लबबाट निकाल्न फ्यानहरू चाहन्छन् ।

प्रकाशित समय : १२:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु