गृहपृष्ठ सालकको खपेटासहित एक जना पक्राउ
सालकको खपेटासहित एक जना पक्राउ
प्रहरीले दुर्लभ वन्यजन्तु सालकको खपेटासहित एक जनलाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-७ चावहिल बस्ने धादिङ धुनिवेशी नगरपालिका-९ घर भएका २३ वर्षीय विजय तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
कपुरधारास्थित सार्वजनिक यात्रु प्रतिक्षालयबाट दुर्लभ वन्यजन्तु सालकको खपेटा जस्तो देखिने वस्तु २ केजीसहित उनी पक्राउ परेका हुन् ।
उक्त स्थानमा दुर्लभ वन्यजन्तुको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले तलासी गर्ने क्रममा उक्त परिमाणको खपेटा फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय : १२:३८ बजे


















