गृहपृष्ठ शाइन रेसुंगा बैंकको संस्थापक समूहको सेयर बिक्री खुला
शाइन रेसुंगा बैंकको संस्थापक समूहको सेयर बिक्री खुला
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले (आज) बुधबारदेखि संस्थापक समूहको सेयर बिक्री गर्ने भएको छ ।
बैंकले संस्थापक समूहको ३९ हजार ९ सय ९१ कित्ता सेयर बिक्री खुला गरेको हो । बैंकले प्रतिकित्ता सेयरको न्यूनतम भाउ १ सय ४५ रुपैयाँ तोकेको छ । त्यसैले, लगानीकर्ताले १ सय ४५ रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
यस्तै, बैंककै संस्थापक सेयरधनी, अन्य कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले भदौ ८ गतेसम्म आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम २ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल लिमिटेड बबरमहल, काठमाडौंमा बोलपत्र आवेदन फारम बुझाउन सक्नेछन् ।
प्रकाशित समय : १२:१९ बजे



















