nmb bank

गृहपृष्ठ नर्भिकको सहयोगपछि बालकले पाए नयाँ जीवन

नर्भिकको सहयोगपछि बालकले पाए नयाँ जीवन

नर्भिकको सहयोगपछि बालकले पाए नयाँ जीवन

उपचार खर्चको अभावमा गम्भीर अवस्थामा पुगेका एक बालकलाई नर्भिक अस्पतालले उद्धार गरी नयाँ जीवन दिएको छ ।

नर्भिक इन्टरनेशनल नर्भिक अस्पतालले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत जनकपुरको लक्ष्मीनारायण गाउँपालिकास्थित सपहीका स्थायीबासी ८ वर्षीय बालक विजय महतोलाई उपचारमा सहुलियतसँगै पूर्णरुपमा निको बनाई घर पठाएको हो ।

आर्थिक अवस्था अत्यन्त कमजोर रहेका ८ वर्षीय बालकको पेटको अगाडिको भागको मांसपेशीमा एक्कासी पिप जम्मा भएको थियो ।

उनका बुबा शिवशरण महतोका अनुसार जनकपुरका अस्पतालमा देखाउँदा त्यहाँका चिकित्सकले उपचार गर्न नसक्ने बताएपछि बालकलाई काठमाडौं ल्याइएको थियो । आर्थिक अवस्था कमजोर रहेका कारण राम्रो अस्पताल लैजान सक्ने अवस्था आफ्नो नरहेको, तर आफू नर्भिकमा आएर कुरा गर्दा उपचारमा सहुलियतसँगै राम्रो उपचार सुविधा पाएको बताए ।

पेटको मांसपेशीमा जमेको पिप र त्यसको पीडाका कारण नर्भिक आउँदा विजय महतो हिँड्नसक्ने अवस्थामा थिएनन् । उपचार गरेर निकै ठीक भएपछि घर फर्किनुअघि सोमबार उनी ठमठमी हिँड्न सक्ने भएका थिए ।

नर्भिकका प्रबन्ध निर्देशक मेघा चौधरीको निर्देशनमा बालकको उपचार व्यवस्था मिलाइएको थियो । डा. अभय यादव नेतृत्वको टिमले महतोको उपचार गरेको थियो । यादव नेतृत्वको टिममा सहभागी चिकित्सक डा. सुशील कायस्थले गम्भीर अवस्थाका बालकले उपचारपछि नयाँ जीवन पाएका बताए ।

नर्भिकका प्रबन्ध निर्देशक मेघा चौधरीले अस्पतालले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बर्षेनी गरीब र निमुखा नागरिकको उद्धार गरी निःशुल्क उपचार सेवा दिंदै आएको बताइन् । आगामी दिनमा पनि अस्पतालले खर्चकै अभावमा उपचार गर्न नसक्नेलाई सहयोग गर्ने उनको प्रतिबद्धता छ ।

प्रकाशित समय : १४:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु