गृहपृष्ठ कश्मीरमा सुरक्षाफाैज सवार बस दुर्घटना, ६ जनाको मृत्यु
कश्मीरमा सुरक्षाफाैज सवार बस दुर्घटना, ६ जनाको मृत्यु
इन्डो-तिब्बत सीमा प्रहरी बल (आईटीबीपी)को बस मंगलबार बिहान ११ बजे कश्मीरको पहलगाममा दुर्घटना भएको छ । दुर्घटना भएर बस १०० फिट गहिरो खाडलमा खसेको थियो । दुर्घटनामा ६ सैनिकको मृत्यु भएको बताइएकाे छ ।
बसमा ३९ आईटीबीपी र २ जम्मू कश्मीरका पुलिस सवार थिए । बसको ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ । सबै जवान अमरनाथ यात्राबाट ड्युटी गरेर फर्किरहेका थिए ।
जवानहरू अमरनाथ यात्राको सुरुवात बिन्दु चन्दनवाडीबाट पहलगाम आउँदै थिए । बीचमा चालकले नियन्त्रण गुमाएपछि बस खाल्डोमा खसेको थियो । घाइतेको उद्धार कार्य सुरु गरिएको छ ।
अनन्तनागका डिप्टी कमिश्नरका अनुसार घाइते जवानहरूको अनन्तनागको सरकारी मेडिकल कलेजमा उपचार भइरहेको छ । घटनास्थलतर्फ १९ वटा एम्बुलेन्स पठाइएको छ ।
प्रकाशित समय : १४:४३ बजे



















