nmb bank

गृहपृष्ठ वामदेव गौतमले प्युठानबाट संसदीय निर्वाचन लड्ने

वामदेव गौतमले प्युठानबाट संसदीय निर्वाचन लड्ने

वामदेव गौतमले प्युठानबाट संसदीय निर्वाचन लड्ने

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले संघीय चुनावमा प्युठानबाट प्रतिस्पर्धा गर्ने चाहना व्यक्त गरेका छन् ।

नेकपा (माओवादी केन्द्र)को चुनाव चिन्हबाट आगामी प्रतिनिधिसभाको चुनाव लड्न सहमत भएका गौतमले निर्वाचन क्षेत्र पनि परिवर्तन गर्ने भएका हुन् ।

२०७४ मा बर्दिया–१ बाट चुनाव लडेका गौतम यसपटक प्युठान फर्किन लागेका हुन् ।

निकट स्रोतका अनुसार सत्ता गठबन्धनले भागबन्डाको टुंगो लगाए पनि आफूलाई प्युठान सजिलो हुने गौतमको भनाइ छ ।

२०७० मा गौतमले प्युठान–१ र बर्दिया–१ बाट जितेका थिए । त्यसपछि २०७२ को संविधानले दुई ठाउँबाट चुनाव लड्ने प्रावधान हटाएपछि २०७४ मा गौतम बर्दिया–१ बाट चुनाव लडे । चुनाव जित्न भने सकेनन् । उनी कांग्रेसका सञ्जयकुमार गौतमसँग पराजित भएका थिए ।

स्थानीय तह निर्वाचनमा वडाको मत हेर्दा प्युठानमा नेकपा (एमाले)को मत ३९ हजार ८७७ छ । सत्ता गठबन्धनका दलहरू नेपाली कांग्रेसको २१ हजार ५६४, माओवादी केन्द्रको १७ हजार १६३, राष्ट्रिय जनमोर्चाको १३ हजार ६१२ र एकीकृत समाजवादीको १ हजार ४१७ मत छ ।

सत्ता गठबन्धनका दलहरूको मत जोड्दा एमालेभन्दा बढी हुने भएपछि गौतमले प्युठानमा आफू सुरक्षित हुने ठानेका छन् ।

प्रकाशित समय : १४:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु