nmb bank

गृहपृष्ठ एम्बुलेन्समा भेटियो ९० किलो गाँजा, चालक पक्राउ

एम्बुलेन्समा भेटियो ९० किलो गाँजा, चालक पक्राउ

एम्बुलेन्समा भेटियो ९० किलो गाँजा, चालक पक्राउ

सिरहाको लहानबाट प्रहरीले लागुऔषध गाँजा तस्करी गरिरहेका एम्बुलेन्ससहित चालकलाई पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा को १ च ७५७७ नम्बरको एम्बुलेन्सलाई खानतलासी गर्दा ९० किलो गाँजा बरामद भएपछि उक्त एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय लहानका डीएसपी कुमार मैनालीले जानकारी दिए ।

एम्बुलेन्स चालकको पहिचान र कुन सामाजिक संस्थाको एम्बुलेन्सको हो भन्ने कुरा प्रहरीले गोप्य राखेको छ । डिएसपी मैनालीले एम्बुलेन्स र चालकमाथि अनुसन्धान भइरहेको बताए ।

प्रकाशित समय : ०७:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु