काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एम्बुलेन्समा भेटियो ९० किलो गाँजा, चालक पक्राउ

10.63K
shares

सिरहाको लहानबाट प्रहरीले लागुऔषध गाँजा तस्करी गरिरहेका एम्बुलेन्ससहित चालकलाई पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा को १ च ७५७७ नम्बरको एम्बुलेन्सलाई खानतलासी गर्दा ९० किलो गाँजा बरामद भएपछि उक्त एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय लहानका डीएसपी कुमार मैनालीले जानकारी दिए ।

एम्बुलेन्स चालकको पहिचान र कुन सामाजिक संस्थाको एम्बुलेन्सको हो भन्ने कुरा प्रहरीले गोप्य राखेको छ । डिएसपी मैनालीले एम्बुलेन्स र चालकमाथि अनुसन्धान भइरहेको बताए ।