global ime bank Long Banner Ad

गृहपृष्ठ चर्चित सेयर लगानीकर्ता राकेश झुनझुनवालाको निधन

चर्चित सेयर लगानीकर्ता राकेश झुनझुनवालाको निधन

चर्चित सेयर लगानीकर्ता राकेश झुनझुनवालाको निधन

भारतका चर्चित लगानीकर्ता राकेश झुनझुनवालाको निधन भएको छ । झुनझुनवालाको आइतबार बिहान ६२ वर्षको उमेरमा निधन भएको हो ।

यस्तै, झुनझुनवाला पछिल्लो समय विभिन्न स्वास्थ्य समस्या झेल्दै आइरहेका थिए । उनी मृगौलाको रोगि पनि थिए । उनको मृत्यु स्थानीय समयअनुसार बिहान ६ बजेर ४५ मिनेटमा भएको बताइएको छ ।

उनले १९८५ बाट सेयर बजारमा लगानी गर्न थालेका थिए । उनी पेशाले भने चार्टर्ड एकाउन्टेन्ट थिए । उनको सेयर बजारको सुरुवाती लगानी ५ हजार भारु रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । फोब्र्सका अनुसार उनको कुल सम्पत्ति ६ अर्ब डलर अर्थात् ४५ हजार ३२८ करोड भारतीय रुपैयाँ पुगेको छ ।

उनी भारतको सेयर बजारमा ‘बिग बुल’ भनेर परिचित पनि थिए । झुनझुनवालाको अनुमानित नेटवर्थ ५.८ अर्ब डलर रहेको छ । उनी भारतीय अर्बपतिहरुको सूचीमा ३६ औं स्थानमा रहेका थिए ।

प्रकाशित समय : १३:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु