गृहपृष्ठ चर्चित सेयर लगानीकर्ता राकेश झुनझुनवालाको निधन

चर्चित सेयर लगानीकर्ता राकेश झुनझुनवालाको निधन

चर्चित सेयर लगानीकर्ता राकेश झुनझुनवालाको निधन

भारतका चर्चित लगानीकर्ता राकेश झुनझुनवालाको निधन भएको छ । झुनझुनवालाको आइतबार बिहान ६२ वर्षको उमेरमा निधन भएको हो ।

यस्तै, झुनझुनवाला पछिल्लो समय विभिन्न स्वास्थ्य समस्या झेल्दै आइरहेका थिए । उनी मृगौलाको रोगि पनि थिए । उनको मृत्यु स्थानीय समयअनुसार बिहान ६ बजेर ४५ मिनेटमा भएको बताइएको छ ।

उनले १९८५ बाट सेयर बजारमा लगानी गर्न थालेका थिए । उनी पेशाले भने चार्टर्ड एकाउन्टेन्ट थिए । उनको सेयर बजारको सुरुवाती लगानी ५ हजार भारु रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । फोब्र्सका अनुसार उनको कुल सम्पत्ति ६ अर्ब डलर अर्थात् ४५ हजार ३२८ करोड भारतीय रुपैयाँ पुगेको छ ।

उनी भारतको सेयर बजारमा ‘बिग बुल’ भनेर परिचित पनि थिए । झुनझुनवालाको अनुमानित नेटवर्थ ५.८ अर्ब डलर रहेको छ । उनी भारतीय अर्बपतिहरुको सूचीमा ३६ औं स्थानमा रहेका थिए ।

प्रकाशित समय : १३:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु