गृहपृष्ठ पिपुल्स पावरले मंगलबारदेखि आइपीओ खुला गर्ने

पिपुल्स पावरले मंगलबारदेखि आइपीओ खुला गर्ने

पिपुल्स पावरले मंगलबारदेखि आइपीओ खुला गर्ने

पिपुल्स पावर कम्पनीले मंगलबार गतेदेखि आइपीओ बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणको लागि जारी गर्न लागेको हो । यो मध्ये ५ प्रतिशत अर्थात् १ लाख २३ हजार ३७० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ४९ हजार ३४८ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी २२ लाख ९४ हजार ६८२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यसमा भदौ ५ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ १४ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले  न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

यस्तै, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडले रहेको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

प्रकाशित समय : १२:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु