global ime bank Long Banner Ad

गृहपृष्ठ फिफा विश्वकप एकदिन अघि सर्‍यो, कतारसँग कसले खेल्दैछ उद्घाटन खेल ?

फिफा विश्वकप एकदिन अघि सर्‍यो, कतारसँग कसले खेल्दैछ उद्घाटन खेल ?

फिफा विश्वकप एकदिन अघि सर्‍यो, कतारसँग कसले खेल्दैछ उद्घाटन खेल ?

आगामी नोभेम्बर-डिसेम्बरमा कतारमा हुने फिफा विश्वकप फुटबल एकदिन अघि सारिएको छ । यसअघि नोभेम्बर २१ देखि विश्वकप सुरु हुने तालिका थियो । तर अब एकदिन अघि अर्थात नोभेम्बर २० मै विश्वकप सुरु हुनेछ ।

जसमा आयोजक कतारले इक्वेडरसँग उद्घाटन खेल खेल्नेछ । यसअघिको तालिका अनुसार कतार र इक्वेडरबीचको खेल नोभेम्बर २१ मा तेस्रो खेलको रुपमा थियो । जसले गर्दा नेदरल्याण्ड्स र सेनेगलबीचको खेल विश्वकपको पहिलो खेल हुने तय थियो ।

तर आयोजकले विश्वकपको पहिलो खेल खेल्दै आएको चलनलाई निरन्तरता दिन विश्वकप एकदिन अगाडि सारिएको हो । आयोजक देश कतार र विश्व फुटबलको सर्वोच्च निकाय फिफाबीचको छलफलपछि खेल एकदिन अघि सारिएको हो ।

कतार र इक्वेडरबीचको खेल अघिल्लो दिन सारेपछि अब नोभेम्बर २१ मा तीन खेल मात्र हुनेछ । जसमा समूह ‘ए’ का नेदरल्याण्ड्स र सेनेगल तथा समूह ‘बी’ का इंग्ल्याण्ड र इरान तथा वेल्स र अमेरिकाबीच खेल हुनेछ ।

प्रकाशित समय : ०७:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु