global ime bank Long Banner Ad

गृहपृष्ठ पूर्ववडाध्यक्ष मृत अवस्थामा फेला

पूर्ववडाध्यक्ष मृत अवस्थामा फेला

पूर्ववडाध्यक्ष मृत अवस्थामा फेला

स्याङ्जाको वालिङ नगरपालिका–९ का पूर्व वडाध्यक्ष वसन्त श्रेष्ठ मृतावस्थामा फेला परेका छन् ।

वालिङ–१३ गाहाखोलास्थित सिद्धार्थ राजमार्गबाट आँधीखोलातर्फ जाने भित्री कच्ची सडकमा उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए ।

भित्री कच्ची सडकमा ग१६प ५४६१ नम्बरको स्कुटर बाटो छेउमा रहेको अवस्थामा बाटोको कुनातर्फ शव उत्तानो अवस्थामा फेला परेको प्रवक्ता खनालले बताए ।

घटनास्थलमा नुडन नामक सेतो रङको किटनाशक विषादीको खोलिएको डिब्बा स्कुटर नजिक भेटिएको जनाइएको छ । प्रवक्ता खनालका अनुसार आज बिहान स्थानीयले बाटोमा मानिस लडेको अवस्थामा फेला परेको सूचना वडा प्रहरी कार्यालय वालिङमा दिएका थिए ।

शव परीक्षणका लागि वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा ल्याइएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

५५ वर्षीय श्रेष्ठ विसं २०७४ को स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रकाशित समय : १५:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु