global ime bank Long Banner Ad

गृहपृष्ठ बैंक अफ काठमाण्डू र फोकसवान पेमेन्टबीच सम्झौता

बैंक अफ काठमाण्डू र फोकसवान पेमेन्टबीच सम्झौता

बैंक अफ काठमाण्डू र फोकसवान पेमेन्टबीच सम्झौता

बैंक अफ काठमाण्डू लिमिटेड र फोकसवान पेमेन्ट सोलुसन्स् प्रालिबाट सञ्चालित मोको डिजिटल वालेटसँग भुक्तानी सेवासम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापश्चात् बैंकका कार्डबाहक ग्राहकले आफ्नो भिसा डेबिट र क्रेडिट कार्ड मोको डिजिटल वालेटमा लिंक गर्न सक्नेछन् । बैंकका कार्डबाहक ग्राहकले कार्ड लिंकपश्चात् मोको डिजिटल वालेटमार्फत विभिन्न भुक्तानी सेवाको उपभोग गर्न मिल्नेछ ।

भुक्तानी सेवाहरुमा मोबाइल टपअप, इन्टरनेट, विद्युत, खानेपानीको बिल भुक्तानी, हवाइजहाजको टिकटको भुक्तानी लगायतका सेवाहरुको उपभोग मिल्नेछ । साथै, बैंकका कार्डबाहकले मोकोमार्फत स्क्यान गरी १५०० भन्दा बढी मर्चेन्टमा भुक्तानी गर्न मिल्नेछ ।

यससँगै बैंकका कार्डबाहकहरुले आफ्नो कार्डको प्रयोग गरी विभिन्न सेवाको भुक्तानी तुरुन्तै गर्न सक्नेछन् । यस सेवाको प्रयोग गर्न ग्राहकहरुले मोको डिजिटल वालेटको एप गुगल प्लेस्टोर र एप स्टोरबाट डाउनलोड गरी आफ्नो बैंक अफ काठमाण्डूको डेबिट तथा क्रेडिट कार्ड लिंक गर्नुपर्नेछ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालय, ९८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित समय : १०:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु