काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

गठबन्धनका दलहरुबीच सिट बाँडफाँड गर्न कार्यदलको बैठक बस्दै

10.86K
shares

सत्ता गठबन्धनले सिट बाँडफाँडका लागि बनाएको कार्यदलको दोस्रो बैठक आज बिहीबार बस्दैछ ।

मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गठबन्धनका दलबीच सिट बाँडफाँडबारे छलफल गर्न दिउँसो २ बजे बैठक बस्न लागेको हो ।

निर्वाचनमा तालमेल गरेर जाने सहमति भए पनि गठबन्धन दलहरूबीच सिट बाँडफाँड हुन सकेको छैन । कार्यदलको यही साउन २३ गते बसेको पहिलो बैठक औपचारिकतामै सीमित भएको थियो ।

आजको बैठकमा सिट बाँडफाँडको आधार र मापदण्ड तय गर्ने कार्यदलको तयारी छ । सोही मापदण्डअनुसार दलहरूबीच सिट बाँडफाँड हुनेछ ।