गृहपृष्ठ गठबन्धनका दलहरुबीच सिट बाँडफाँड गर्न कार्यदलको बैठक बस्दै
गठबन्धनका दलहरुबीच सिट बाँडफाँड गर्न कार्यदलको बैठक बस्दै
सत्ता गठबन्धनले सिट बाँडफाँडका लागि बनाएको कार्यदलको दोस्रो बैठक आज बिहीबार बस्दैछ ।
मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गठबन्धनका दलबीच सिट बाँडफाँडबारे छलफल गर्न दिउँसो २ बजे बैठक बस्न लागेको हो ।
निर्वाचनमा तालमेल गरेर जाने सहमति भए पनि गठबन्धन दलहरूबीच सिट बाँडफाँड हुन सकेको छैन । कार्यदलको यही साउन २३ गते बसेको पहिलो बैठक औपचारिकतामै सीमित भएको थियो ।
आजको बैठकमा सिट बाँडफाँडको आधार र मापदण्ड तय गर्ने कार्यदलको तयारी छ । सोही मापदण्डअनुसार दलहरूबीच सिट बाँडफाँड हुनेछ ।
प्रकाशित समय : ०९:०२ बजे



















