global ime bank Long Banner Ad

गृहपृष्ठ बेलायतद्वारा चिनियाँ राजदूतसँग स्पष्टीकरण लिएको ट्रसको भनाइ

बेलायतद्वारा चिनियाँ राजदूतसँग स्पष्टीकरण लिएको ट्रसको भनाइ

बेलायतद्वारा चिनियाँ राजदूतसँग स्पष्टीकरण लिएको ट्रसको भनाइ

बेलायतले बुधबार चिनियाँ राजदूतलाई विदेश मन्त्रालयमा बोलाएर बेइजिङको ‘आक्रामक व्यवहार’ र हालैका दिनमा ताइवानलाई लक्षित गरी गरिएका गतिविधि ‘बढेको’ बारे स्पष्टीकरण माग गरेको छ ।

बेलायती विदेशमन्त्री लिज ट्रसले ताइवानको हवाई क्षेत्रमा चिनियाँ क्षेप्यास्त्र प्रक्षेपण र घुसपैठबारे जानकारी दिन आफूले राजदूत झेङ जेगुआङसँग छलफल गरी जानकारी लिएको बताइन् ।

गत साता अमेरिकी प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीले उक्त टापुको भ्रमण गरेपछि सैन्य अभ्यास सुरू भएको थियो ।

‘बेलायत र साझेदारहरूले ताइवान वरपरको क्षेत्रमा चीनको गतिविधि वृद्धिको आलोचना गरेका छन्, जुन हाम्रो हालैको जी–७ वक्तव्यबाट देखिएको छ,’ ट्रसले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

‘मैले चिनियाँ राजदूतलाई बोलाएर आफ्नो देशको गतिविधिबारे स्पष्ट पार्न निर्देशन दिएँ ।’

‘हामीले हालैका महिनाहरूमा बेइजिङको तर्फबाट बढ्दो आक्रामक व्यवहार र भनाइ देखेका छौँ, जसले यस क्षेत्रको शान्ति र स्थिरतालाई खतरामा पारेको छ ।’

प्रकाशित समय : २२:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु