गृहपृष्ठ तोकिएकै समयमा निर्वाचन हुन्छ : मन्त्री पौडेल
तोकिएकै समयमा निर्वाचन हुन्छ : मन्त्री पौडेल
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तोकिएकै समयममा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न हुने बताएका छन् ।
मन्त्री पौडेलले आज हेटौँडामा प्रेस सेन्टर मकवानपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा चुनावमा हारजित जसको भए पनि लोकतान्त्रिक प्रणाली स्थापित गर्न तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नु प्रमुख लक्ष्य भएको बताए ।
नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्यसमेत रहेका उनले निर्वाचन सम्पन्न गर्ने सन्दर्भमा निर्वाचन आयोगमार्फत आवश्यक तयारी भइरहेको जानकारी दिए । निर्वाचन निष्पक्ष, धाँधलीरहित र भयरहित वातावरणमा सम्पन्न हुने उनको भनाइ थियो ।
मन्त्री पौडेलले स्थानीय तहको निर्वाचनको नतिजालाई समीक्षा गर्दै संगठनात्मक र वैचारिकरुपमा नयाँपन ल्याएर निर्वाचनमा सहभागी हुने उल्लेख गरे । पौडेलले वामपन्थी पार्टीसँग एकता गरिने र समाजवादी केन्द्र बनाउने विषयमा समेत छलफल भइरहेको बताए । मन्त्री पौडेलले तीनै तहको सरकार स्थापित नहुञ्जेल गठबन्धन कायमै रहने प्रस्ट पारे ।
प्रकाशित समय : २२:०२ बजे


















