global ime bank Long Banner Ad

गृहपृष्ठ सानिमा बैंकले विदेशबाट लियो २ करोड अमेरिकी डलर ऋण

सानिमा बैंकले विदेशबाट लियो २ करोड अमेरिकी डलर ऋण

सानिमा बैंकले विदेशबाट लियो २ करोड अमेरिकी डलर ऋण

सानिमा बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)सँग २ करोड अमेरिकी डलर (करिब साढे २ अर्ब रुपैयाँ) ऋण लिएको छ । बैंकले काठमाडौँमा पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिएको हो ।

आइएफसीका नेपाल आवासीय प्रतिनिधि बाबकार एस फइले यो ऋणले नेपालको आर्थिक पुनरूत्थानमा सहयोग गर्ने बताए ।

तरलता अभावलाई मध्यनजर गरी गत आर्थिक वर्षमा नै आइएफसीसँग सम्झौता गरेर उक्त विदेशी मुद्रामा उल्लिखित रकम बराबर ऋण लिइएको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले बताए । उक्त रकमबाट लघु, साना तथा मझौला प्रकृतिका व्यवसायलाई वित्तीय पहुँचमा थप सहजीकरण गरिने उनको दाबी छ ।

हाल बैंकले मुलुकभर १२७ वटा शाखा कार्यालय र १२० एटीएम काउण्टरमार्फत् वित्तीय सेवा दिइरहेको छ ।

प्रकाशित समय : १६:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु