गृहपृष्ठ बुधबार ५.९१ अंकले घट्यो नेप्से
बुधबार ५.९१ अंकले घट्यो नेप्से
साताको चौथो कारोबारको दिन बुधबार पनि सेयर बजार घटेको छ । मंगलबार ४३.३५ अंकले घटेको नेप्से परिसूचक आज ५.९१ अंकले घटेर बन्द भएको छ । बुधबार ०.२९ प्रतिशतले घटेर २ हजार ५६.८८ को बिन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बुधबार कुल २ सय १८ कम्पनीको ४६ लाख ४० हजार ८ सय ४४ कित्ता खरिद बिक्री हुँदा १ अर्ब ९३ करोड माथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार सिटिजन्स इन्भेस्टमेन्ट ट्रस्टको भएको छ । यस कम्पनीको १० करोड ६८ लाख ७९ हजार ४ सय ६७ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।
यस्तै बुधबार सबैभन्दा बढी हिमालयन एभरेस्ट इस्योरेन्सका लगाानीकर्ताले गुमाएका छन् । यसको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ ।
प्रकाशित समय : १५:५९ बजे



















