global ime bank Long Banner Ad

गृहपृष्ठ बालाजुको आगलागी २ घण्टापछि नियन्त्रणमा

बालाजुको आगलागी २ घण्टापछि नियन्त्रणमा

बालाजुको आगलागी २ घण्टापछि नियन्त्रणमा

काठमाडौँको बालाजुस्थित वान वर्ल्ड जुत्ता कारखानामा लागेको आगो नियन्त्रणमा आएको छ । करिब दुई घण्टापछि पाँचवटा दमकलको सहायतामा आगलागी नियन्त्रणमा आएको हो ।

जुद्ध वारूणयन्त्रका प्रमुख चन्दनकुमार श्रेष्ठले आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएको जानकारी दिए ।

आगलागी नियन्त्रण गर्न पाँच वटा दमकल परिचालन गरिएको थियो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत कर्मचारी आगलागी नियन्त्रणमा खटिएका थिए ।

आगलागीको कारण खुल्न नसकेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी दिनेश मैनालीले बताए ।

प्रकाशित समय : १५:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु