global ime bank Long Banner Ad

गृहपृष्ठ जबराविरूद्धको महाअभियोग अध्ययन अघि बढाउन सिफारिस समितिलाई सभामुखको निर्देशन

जबराविरूद्धको महाअभियोग अध्ययन अघि बढाउन सिफारिस समितिलाई सभामुखको निर्देशन

जबराविरूद्धको महाअभियोग अध्ययन अघि बढाउन सिफारिस समितिलाई सभामुखको निर्देशन

सभामुख अग्निप्रसाद सापकोटाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरूद्धको महाअभियोग अध्ययन अघि बढाउन समितिलाई निर्देशन दिएका छन् ।

बुधबार नयाँबानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा समितिको सहजीकरण बैठक राख्दै सभामुख सापकोटाले आफ्ना तर्फबाट छानबिनमा सहयोग हुने बताए ।

‘तपाईंहरू स्वायत्त हुनुहुन्छ । काम अघि बढाउनुस् । सभामुख र उपसभामुखले आवश्यक सहयोग गर्नेछौँ,’ सदस्यहरूलाई सापकोटाले भनेको कुरा उद्धृत गर्दै प्रेस सल्लाहकार श्रीधर न्यौपानेले भने ।

बैठकमा सभामुख सापकोटा, उपसभामुख पुष्पा भुसाल, सचिव लक्ष्मीप्रसाद गौतमसहित समितका सदस्य उपस्थित थिए ।

जबराविरूद्धको महाअभियोग प्रस्ताव प्रतिनिधिसभाले साउन २२ मा समितिमा पठाएको थियो । यद्यपि, समितिले हालसम्म अघि बढाएको छैन ।

महाअभियोग सिफारिस समितिले बढीमा ३ महिनाभित्र छानबिन गरेर प्रतिवेदन संसद्मा पेस गर्ने समयसीमा पाएको छ ।

महाअभियोग समितिमा ११ सदस्य छन् । समितिमा एमालेका उपाध्यक्ष विष्णु पौडेल, सांसद् लालबाबु पण्डित, शिवमाया तुम्बाहाङ्फे र कृष्णभक्त पोखरेल छन् । यस्तै, नेपाली कांग्रेसबाट मिनबहादुर विश्वकर्मा र रामबहादुर विष्ट, माओवादी केन्द्रबाट यशोदा सुवेदी र रेखा शर्मा, एकीकृत समाजवादीबाट कल्याणी खड्का, लोकतान्त्रिक समाजवादी पार्टीबाट एकवाल मियाँ र जनता समाजवादी पार्टीबाट प्रमोद साह सदस्य छन् ।

प्रधानन्यायाधीश जबराविरूद्ध सत्ता गठबन्धनका ९८ सांसद्ले १ फागुन २०७८ मा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।

प्रकाशित समय : १४:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु