गृहपृष्ठ प्रतिनिधि सभा बैठक बस्दै, के छ कार्यसूची ?
प्रतिनिधि सभा बैठक बस्दै, के छ कार्यसूची ?
फाइल तस्बिर ।
संघीय संसद प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । आजको बैठकमा तथ्यांक विधेयक दफावार छलफलका लागि सदनमा प्रस्तुत हुनेछ भने आजै उक्त विधेयक पारित गर्ने कार्यसूची रहेको छ ।
शपथ सम्बन्धी विधेयक दफावार छलफलका लागि प्रस्तुत गर्ने र पारित गर्ने सम्भावित कार्यसूची रहेको छ । त्यस्तै खानेपानी तथा सरसफाइ विधेयक र काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक समेत प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
शहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक पारितका लागि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रकाशित समय : ०८:०३ बजे


















