गृहपृष्ठ धौलागिरी लघुवित्तले आइपीओ जारी गर्दै

धौलागिरी लघुवित्तले आइपीओ जारी गर्दै

धौलागिरी लघुवित्तले आइपीओ जारी गर्दै

धौलागिरी लघुवित्तले मंगलबारबाट सर्वसाधारणका लागि आइपीओ खुला गर्ने भएको छ । कम्पनीले ३ करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो ।

यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने छ । यो मध्ये ५% अर्थात १६ हजार ५५० कित्ता सामूहिक लगानी कोष र ०.५ % अर्थात ५ हजार १५५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

यस्तै बाँकी ३ लाख ९ हजार २९५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

यसमा साउन २९ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ ७ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।

प्रकाशित समय : १०:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु