global ime bank Long Banner Ad

गृहपृष्ठ धौलागिरी लघुवित्तले आइपीओ जारी गर्दै

धौलागिरी लघुवित्तले आइपीओ जारी गर्दै

धौलागिरी लघुवित्तले आइपीओ जारी गर्दै

धौलागिरी लघुवित्तले मंगलबारबाट सर्वसाधारणका लागि आइपीओ खुला गर्ने भएको छ । कम्पनीले ३ करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो ।

यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने छ । यो मध्ये ५% अर्थात १६ हजार ५५० कित्ता सामूहिक लगानी कोष र ०.५ % अर्थात ५ हजार १५५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

यस्तै बाँकी ३ लाख ९ हजार २९५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

यसमा साउन २९ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ ७ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।

प्रकाशित समय : १०:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु