global ime bank Long Banner Ad

गृहपृष्ठ देउवानिकट एक चिकित्सकका लागि स्वास्थ्यमन्त्रीले बढाए अवकाशको उमेरहद

देउवानिकट एक चिकित्सकका लागि स्वास्थ्यमन्त्रीले बढाए अवकाशको उमेरहद

देउवानिकट एक चिकित्सकका लागि स्वास्थ्यमन्त्रीले बढाए अवकाशको उमेरहद

स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले एक चिकित्सकको स्वार्थका लागि सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा अवकाशको उमेर हद बढाउने निर्णय गरेका छन् । मन्त्री खापुङको अध्यक्षतामा शनिबार बसेको सञ्चालक समितिको बैठकले अस्पताललाई पर्न सक्ने आर्थिक भारलाई बेवास्ता गर्दै अवकाशको उमेर हद ६३ वर्ष पुर्‍याउने निर्णय गरेको हो ।

गंगालालका कर्मचारीको सेवा सर्त र सुविधासम्बन्धी नियमावली २०५८ (छैटौं संशोधनसहित) को नियम १०.१ मा कर्मचारीको उमेर ६० वर्ष पुगेपछि अनिवार्य अवकाश दिइने व्यवस्था छ । नियमावलीको त्यही व्यवस्था संशोधन गर्ने निर्णय शनिबार भएको हो ।

अस्पतालका कार्डियोलोजिस्ट डा. रवि मल्ल सोमबार ६० वर्ष पुग्दै छन् । हालको व्यवस्थाअनुसार उनी उमेर हदका कारण स्वतः अवकाशमा जानुपर्ने हुन्छ । तर, मन्त्री खापुङले मल्लकै लागि अवकाशको उमेर हद बढाउन विशेष जोडबल लगाएर निर्णय गराएको स्रोतको भनाइ छ । अस्पतालको सञ्चालक समिति अध्यक्ष स्वास्थ्यमन्त्री रहने व्यवस्था छ ।

मल्ल प्रधानमन्त्री शेरबहादुर देउवानिकट व्यक्ति हुन् । देउवाकै आडभरोसामा स्वास्थ्यमन्त्रीले यो निर्णय लिएको भन्दै अस्पतालभित्रैबाट विरोध भइरहेको छ ।

मुटुको रोगसम्बन्धी स्वायत्त शैक्षिक प्रतिष्ठानका रूपमा विकसित नभईकन उमेर हद मात्र बढाए अस्पतालमा कार्यरत युवा चिकित्सकको समयमा पद बढुवा नहुने र यसले मनोबल गिर्नुका साथै काममा निरुत्साहित हुने वरिष्ठ कन्सल्ट्यान्ट कार्डियोलोजिस्टहरुको भनाइ छ ।

प्रकाशित समय : ११:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु