global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ पिपुल्स पावरले साउन ३१ गतेबाट आईपीओ निष्कासन गर्दै

पिपुल्स पावरले साउन ३१ गतेबाट आईपीओ निष्कासन गर्दै

पिपुल्स पावरले साउन ३१ गतेबाट आईपीओ निष्कासन गर्दै

पिपुल्स पावरले साउन ३१ गते देखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिसेयर एक सय अंकित मूल्यमा २४ लाख ६७ हजार ४०० कित्ता सेयर निष्कासन गर्ने भएको हो ।

उक्त सेयरमध्ये २ प्रतिशत अर्थात ४९ हजार ३४८ कित्ता सेयर कर्मचारीको लागि, ५ प्रतिशत अर्थात १ लाख २३ हजार ३७० कित्ता सेयर म्युचुअल फण्डको लागि छुट्याइएको छ भने बाँकी रहेको २२ लाख ९४ हजार ६८२ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

आइपीओमा न्युनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । यस्तै आइपीओमा भदौ ५ गतेसम्म आवेदन दिन सकिने छ ।

प्रकाशित समय : ११:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु