गृहपृष्ठ कार्यकर्तालाई योगदानका आधारमा नेतृत्व गर्ने अवसर दिनुपर्छ : प्रवक्ता डा.महत

कार्यकर्तालाई योगदानका आधारमा नेतृत्व गर्ने अवसर दिनुपर्छ : प्रवक्ता डा.महत

कार्यकर्तालाई योगदानका आधारमा नेतृत्व गर्ने अवसर दिनुपर्छ : प्रवक्ता डा.महत

नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पार्टीका कार्यकर्तालाई योगदान, क्षमता र लगनशीलताका आधारमा नेतृत्व गर्ने अवसर दिनुपर्ने बताएका छन् । प्रवक्ता डा.महतले आज आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै कांग्रेसले हरेक नेता कार्यकर्ताको योगदान, क्षमता, लगनशीलताका आधारमा नेतृत्व गर्ने अवसर दिनुपर्ने बताएका हुन् ।

नेता डा.महतले नुवाकोटका जनताले आवश्यक ठानेमा आफू नुवाकोटबाट प्रत्यक्ष निर्वाचन लड्नेसमेत बताए । ‘छहरे–टोखा सुरुङ मार्ग निर्माण, बालाजु–ककनी सडक निर्माणलगायत नुवाकोटको विकासका लागि धेरै काम गर्न बाँकी छ, नुवाकोटबाट प्रत्यक्ष निर्वाचन जितेर बाँकी काम पूरा गर्ने मेरो इच्छा छ,’ उनले भने ।

पूर्वऊर्जामन्त्री डा.महतले आफ्नो कार्यकालमा नुवाकोटका अधिकांश स्थानमा विद्युतीकरण गरेको स्मरण गरे । नुवाकोटमा कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजानुपर्ने उनको भनाइ थियो । प्रवक्ता डा.महतले वर्तमान गठबन्धनलाई निर्वाचनसम्म कायम राखेर जाने पक्षमा कांग्रेस रहेको स्पष्ट पारे ।

प्रकाशित समय : २१:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु