global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ सुडानमा खाद्यान्नको चरम संकट पर्न लागेको संयुक्त राष्ट्रसंघको चेतावनी

सुडानमा खाद्यान्नको चरम संकट पर्न लागेको संयुक्त राष्ट्रसंघको चेतावनी

सुडानमा खाद्यान्नको चरम संकट पर्न लागेको संयुक्त राष्ट्रसंघको चेतावनी

संयुक्त राष्ट्रसंघले सुडानमा खाद्य संकट पर्नसक्ने चेतावनी दिएको छ । राष्ट्रसंघले यसअघि पनि कैयौँ पटकसम्म खाद्य संकट पर्न सक्ने बताउँदै आएको छ । खाद्यान्नको अभाव टार्नका लागि आवश्यक पर्ने अन्तर्राष्ट्रिय सहयोग उपलब्ध हुन नसक्ने हो भने छिट्टै खाद्यान्नको अभाव पर्ने राष्ट्रसंघले जनाएको छ ।

राष्ट्रसंघको मानवीय सहायतासम्बन्धी निकायले बुधबार सो कुरा बताएको हो । सो निकायले प्रकाशन गरेको विज्ञप्तिमा छिमेकी देशहरु दक्षिण सुडान, इरिट्रया, इथियोपिया लगायतबाट शरणार्थीहरु आइरहेका तर खाद्यान्नको प्राप्तिका स्रोतहरु नरहेकाले पनि निकट भविष्यमै संकट पर्न सक्ने जनाएको हो ।

खाद्यान्न उत्पादन हुन छोडेको र विदेशी दाताहरुबाट प्राप्त सहयोगले मात्र दैनिक रुपमा चल्ने गरेकोले अवस्था नाजुक बन्दै गएकोले नागरिकमा आन्तरिक रुपमा विस्थापित हुने संख्या पनि बढ्दै गएको पाइएको छ ।

जुनदेखि सेप्टेम्बरसम्मको करिब एक चौथाई जनसख्यां खाद्यान्नको संकटमा पर्ने देखिएको र अब त्योभन्दा पनि बढी हुनसक्ने सो संस्थाले जनाएको छ । हाल सुडानमा आन्तरिक रुपमा विस्थापित भएका बाहेक पनि पाँच लाख ५० हजार शरणार्थीलाई विश्व खाद्य कार्यक्रमले सहयोग गर्दै आएको छ ।

आगामी दिनमा यदि अहिलेजस्तै संकट पर्दै जाने र विदेशी दाताहरुबाट सहयोग प्राप्त नहुने हो भने शरणार्थीलाई दिइँदै आएको सुविधामा पनि कटौती गर्नु पर्ने अवस्था आउने सो कार्यक्रमले जनाएको छ ।

प्रकाशित समय : १३:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु