global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ चिनियाँ नागरिकलाई अपहरण गरी एक करोड फिरौती माग्ने ६ जना पक्राउ

चिनियाँ नागरिकलाई अपहरण गरी एक करोड फिरौती माग्ने ६ जना पक्राउ

चिनियाँ नागरिकलाई अपहरण गरी एक करोड फिरौती माग्ने ६ जना पक्राउ

चिनियाँ नागरिकलाई अपहरण गर्ने ६ जना प्रकाउ परेका छन् । चिनियाँ नागरिकलाई अपहरण गरी फिरौती माग्ने ६ जनालाई प्रहरीले गोंगबुबाट नियन्त्रणमा लिएको हो ।

ठमेलस्थित आफ्नै फ्लाइटबाट ती व्यक्तिलाई अपहरणकारीले अपहरण गरी गोंगबु पुर्‍याएका थिए । गोंगबुमा बन्धक बनाएर १ करोड फिरौती मागेको कसूरमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्ने सबै नेपाली नागरिक रहेका छन् ।

अपहरणमा संलग्नहरूबाट ८ लाख नगद र २७ वटा मोबाइल पनि नियन्त्रणमा लिएको स्रोतले जानकारी दियो ।

जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ परेका व्यक्तिहरूको विवरण सार्वजनिक गरेको छैन । उनीहरूमाथि म्याद थप भइसकेपछि सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

प्रकाशित समय : १३:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु