global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ २३.७४ प्रतिशतले घट्यो कृषि विकास बैंकको खुद नाफा

२३.७४ प्रतिशतले घट्यो कृषि विकास बैंकको खुद नाफा

२३.७४ प्रतिशतले घट्यो कृषि विकास बैंकको खुद नाफा

कृषि विकास बैंकको खुद नाफा २३.७४ प्रतिशतले घटेको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा २ अर्ब ६९ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा २३.७४ प्रतिशतले घटेको हो ।

यो त्रैमाससम्म आइपुग्दा यसको खुद ब्याज आम्दानी १३.३० प्रतिशतले बढेको छ । यता बैंकको सञ्चालन नाफा भने १८.२५ प्रतिशतले घटेको छ ।

यस्तै, बैंकको वितरणयोग्य नाफा १२५ प्रतिशतले बढेर ३ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । कृषिको निक्षेप संकलन २.२६ प्रतिशत र कर्जा लगानी १८.५४ प्रतिशतले बढेको छ । यस्तै प्रतिसेयर आम्दानी १२ रुपैयाँ ७२ पैसाले घटेर १७ रुपैयाँ ९३ पैसामा सीमित भएको छ ।

प्रकाशित समय : १२:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु