global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ ह्याकरको चेतावनीका कारण बेलायतको निर्वाचन प्रभावित

ह्याकरको चेतावनीका कारण बेलायतको निर्वाचन प्रभावित

ह्याकरको चेतावनीका कारण बेलायतको निर्वाचन प्रभावित

विद्युतीय मतदान यन्त्रलाई ह्याक गरिएको चेतावनी आएपछि बेलायतमा प्रधानमन्त्री चयनका लागि भएको मतदान प्रभावित हुने भएको छ । देशको सरकारी सञ्चार मुख्यालयले ह्याकरहरूले मेसिन ह्याक गर्न लागेको चेतावनी दिएकाले मतदान प्रभावित हुने भएको जनाएको छ ।

करिब एक लाख ६० हजार टोरी सदस्यका लागि मतपत्रहरू सोमबारदेखि पठाउने कार्यक्रम भए पनि ह्याकरको चेतावनीका कारण ती मतपत्र ढिलोमा अगस्ट ११ सम्ममा पुग्न सक्ने बताइएको छ ।

यसअघि, कन्जरभेटिभ पार्टीका सदस्यलाई पठाइने हुलाकी मतपत्रमा कोड खारी प्रधानमन्त्रीका उम्मेदवार लिज ट्रस र ऋषि सुनाकबीच ‘पोस्ट वा अनलाइन’ द्वारा चयन गर्न सक्ने व्यवस्था गरिएको थियो ।

मतपत्र ह्याक भएको भन्ने सूचनापछि नेसनल साइबर सेक्युरिटी सेन्टरको सल्लाहअनुसार मतदानको पूर्व योजना परिवर्तन गरिएको छ । मंगलबार साँझ एउटा इमेललाई संकेत गर्दै बेलायतस्थित एक सञ्चार माध्यमले अधिकारीलाई उद्धृत गरी लेखेको छ, ‘तपाईंको मतपत्र अहिले बाटोमा छ, तर यो हामीले सुरूमा भनेभन्दा अलिपछि तपाईंसँग आउने छ ।’

समाचारमा अधिकारीलाई उद्धृत गरि भनिएको छ, ‘कृपया चिन्ता नगर्नुहोस् । यसो हुनुको कारण के हो भने, हामीले हाम्रो मतपत्र प्रक्रियामा केही थप सुरक्षा प्रावधान थप्न केही समय लिएका छौँ, जसले हामीलाई केही ढिला बनाएको छ ।’

पहिलो अनलाइन मतदान प्रणालीअन्तर्गत, साइबर ह्याकरले प्रतिस्पर्धाको अन्त्यतिर अनलाइनबाट धेरै मतपत्रहरूमा संशोधन गर्न सक्ने, साथै मतपत्रमा देखिने कोड भएका हुलाकबाट मतदान गर्ने र आफ्नो मतपत्रको तस्बिर अनलाइनमा राख्ने व्यक्तिको विवरण परिवर्तन गर्न सक्ने सम्भावना थियो ।

परिणाम सेप्टेम्बर ५ मा घोषणा गरिने छ । स्मार्केट्सका अनुसार ब्रिटिस विदेश सचिव लिज ट्रसले बोरिस जोन्सनलाई बेलायतको पछिल्लो प्रधानमन्त्रीको रूपमा ९०.९१ प्रतिशतले प्रतिस्थापन गर्ने दौडको नेतृत्व गरिरहेकी छन् जबकि ऋषि सुनाकको प्रधानमन्त्री हुने सम्भावना ९.०९ प्रतिशत पुगेको छ । पार्टी सदस्यहरूले सुनाकले बोरिस जोन्सनलाई पदच्युत गर्ने भूमिका खेलेको विश्वास गरेका कारण सुनाकप्रतिको समर्थन कम देखिएको छ ।

ट्रसलाई समर्थन गर्ने र उनलाई सरकार निर्माण गर्न सघाउन चाहेका टोरी सदस्यहरूमा ज्याकोब रिज–मोग, नाडिन डोरिस र बोरिस जोन्सन रहेका छन् । अर्कोतर्फ, हालैको यु–गोभ सर्वेक्षणअनुसार सुनाकलाई समर्थन गर्ने टोरी सदस्यहरूमा टम टुगेन्हाट, माइकल गोभ, साजिद जाविद र जेरेमी हन्ट रहेका छन् ।

सरकारी अधिकारीहरूले राजीनामाको विवादमा जोन्सनलाई जुलाई ७ मा पदबाट हट्न बाध्य गरिएपछि नेतृत्वका लागि दौड सुरू भएको हो । नयाँ टोरी नेता निर्वाचन जितेर नआउँदासम्म कानुनअनुसार जोन्सनले प्रधानमन्त्रीको पदमा रही जिम्मेवारी सम्हालिरहेका छन् ।

प्रकाशित समय : १२:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु