गृहपृष्ठ साउन २४ देखि धौलागिरी लघुवित्तको सार्वजनिक सेयर निष्कासन हुँदै
साउन २४ देखि धौलागिरी लघुवित्तको सार्वजनिक सेयर निष्कासन हुँदै
बागलुङ जिल्ला केन्द्रिय कार्यालय रहेको धौलागिरी लघुवित्त वित्तीय संस्था लिमीटेडको साउन २४ गते देखि सार्वजनिक सेयर IPO निष्कासन हुने भएको छ ।
हाल उक्त कम्पनीको चुक्ता पुँजी ७ करोड रहेकोमा सार्वजनिक सेयर निष्कासन पश्चात १० करोड ३१ लाख पुग्नेछ । हाल ७ करोड पुँजी रहेको कम्पनीको अपरिस्कृत वित्तीय विवरण बमोजिम जगेडा तथा कोषमा ११ करोड रहेको छ । जसबाट प्रतिसेयर नेटवर्थ २५७ रुपैयाँ हुन आउँछ । जसको बिक्री प्रबन्धकमा सनराईज क्यापिटल लिमीटेड रहेको छ ।
कम्पनीको संचित नाफा नोक्सानीसमेत ४.६ करोड भन्दा माथि रहेकोले सार्वजनिक सेयर निष्कासन पश्चात्समेत सेयरधनीहरुको लागी ४० प्रतिशत भन्दा बढि लाभांस वितरण गर्ने क्षमता रहेको वित्तीय विवरणले देखाउँछ । हाल राष्ट्रिय स्तरको उक्त लघुवित्त कम्पनीले ४४ वटा शाखा कार्यालयबाट सेवा विस्तार गर्दै आइरहेको छ । जसबाट करिब ३६,००० ग्राहक सदस्यहरुमार्फत कुल १४४ करोड कर्जा विस्तार र ६८ करोड बचत संकलन गरेको छ । आर्थिक बर्ष २०७८/०७९ को अपरिस्कृत वित्तीय विवरण बमोजिम उक्त कम्पनीको पैसा प्रतिसेयर आम्दानी ३७.२५ पैसा रहेको छ ।
प्रकाशित समय : १६:२१ बजे


















