global ime bank Long Banner Ad

गृहपृष्ठ अध्यक्ष प्रचण्डसँग युरोपेली संघका राजदूतको भेट

अध्यक्ष प्रचण्डसँग युरोपेली संघका राजदूतको भेट

अध्यक्ष प्रचण्डसँग युरोपेली संघका राजदूतको भेट

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि युरोपेली युनियनका राजदूत नोना डेप्रेजले आज शिष्टाचार भेटवार्ता गरेकी छन् ।

अध्यक्ष दाहाल निवास खुमटारमा भएको सो भेटवार्तामा उनीहरुबीच नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने विषयमा छलफल भएको थियो । सो अवसरमा राजदूत डेप्रेजले शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन र नेपालको विकास प्रक्रियामा युरोपेली युनियनको साथ रहने प्रतिबद्धता व्यक्त गरेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

नेपालको शान्ति प्रक्रिया सकारात्मक दिशामा अघि बढेको उनको भनाइ थियो । भेटमा अध्यक्ष दाहालले नेपालको शान्ति प्रक्रिया र विकासमा युरोपेली संघले गरेको सहयोगप्रति आभार प्रकट गरेका थिए ।

प्रकाशित समय : २२:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु