global ime bank Long Banner Ad

गृहपृष्ठ जलेश्वर भन्सार कार्यालयले गर्यो एकसय ८१ प्रतिशत राजस्व असुली

जलेश्वर भन्सार कार्यालयले गर्यो एकसय ८१ प्रतिशत राजस्व असुली

जलेश्वर भन्सार कार्यालयले गर्यो एकसय ८१ प्रतिशत राजस्व असुली

महोत्तरीको जलेश्वर भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा एकसय ८१ प्रतिशत राजस्व असुली गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७८/७९ को साउनदेखि असार मसान्तसम्ममा एक अर्ब ७० करोड ७० लाख ७७ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

भन्सारले सो अवधिमा तीन अर्ब नौ करोड ३४ लाख ७० हजार राजस्व असुली गरेको भन्सार अधिकृत एवं सूचना अधिकारी डिल्लीराम सुवेदीले जानकारी दिए । जलेश्वर भन्सारले पैठारी महसुलतर्फ एक अर्ब ११ करोड ८२ लाख ७ हजार लक्ष्य लिएकोमा एक अर्ब ८६ करोड ३९ लाख २४ हजार संकलन गरेको छ । त्यस्तै मूल्य अभिवृद्धितर्फ ४३ करोड ५२ लाख संकलन गर्ने लक्ष्य लिएकोमा ९४ करोड ७६ लाख ४१ हजार संकलन गरेको छ ।

त्यसैगरी अन्तशुल्क तर्फ पाँच करोड ३१ लाख ६९ हजार संकलन गर्ने लक्ष्य लिएकोमा चार करोड ८१ लाख ३४ हजार संकलन गरेको छ । र त्यसैगरी अन्यतर्फ १० करोड ५ लाख एक हजार संकलन गर्ने लक्ष्य लिएकोमा २३ करोड ३७ लाख ७२ हजार राजस्व संकलन गरेको जनाइएको छ ।

सो भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७८/७९ मा जम्मा एक अर्ब ७० करोड ७० लाख ७७ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा सो अवधिमा तीन अर्ब ९ करोड ३४ लाख ७० हजार राजस्व असुली गरेको सूचना अधिकारी सुवेदीले बताए ।

प्रकाशित समय : १३:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु