global ime bank Long Banner Ad

गृहपृष्ठ एसपीपी कार्यान्वयन नगर्ने पत्र अमेरिकालाई पठाइसक्यौँ : परराष्ट्रमन्त्री खड्का

एसपीपी कार्यान्वयन नगर्ने पत्र अमेरिकालाई पठाइसक्यौँ : परराष्ट्रमन्त्री खड्का

एसपीपी कार्यान्वयन नगर्ने पत्र अमेरिकालाई पठाइसक्यौँ : परराष्ट्रमन्त्री खड्का

परराष्ट्रमन्त्री डा.नारायण खड्काले स्टेट पार्टनसिप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने भनेर अमेरिका सरकारलाई परराष्ट्र मन्त्रालयले पत्राचार गरिएको जानकारी दिएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा जानकारी दिँदै मन्त्री खड्काले साउन ९ गते नै कूटनीतिक माध्यमबाट एसपीपीलाई अघि नबढाउने लिखित जानकारी अमेरिकी सरकालाई पठाइएको जानकारी संसद्लाई दिएका हुन् ।

‘मिति २०७९ साउन ९ गते कूटनीतिक माध्यमबाट नेपालले एसपीपीलाई अघि नबढाउने निर्णय गरेको लिखित जानकारी अमेरिकी सरकारसमक्ष पठाइएको जानकारी गराउन चाहन्छु,’ उनले भने ।

एसपीपीबारे संसद्मा बारम्बार प्रश्न उठेपछि सभामुख अग्निप्रसाद सापकोटाले त्यससम्बन्धमा जानकारी गराउन सरकारलाई निर्देशन दिएका थिए ।

पत्राचारको विषयमा आन्तरिक परामर्श गर्नु पर्दा केही समय लागेको मन्त्री खड्काको भनाइ थियो । उनले सांसद्हरुको संशयप्रति आपत्ति जनाएका थिए ।

पत्राचारको विषयमा आन्तरिक परामर्शका कारण केही समय लागेको हो । केही सांसद्हरुले यसमा संशयसमेत व्यक्त गरेको सुनिएको छ,’ उनले भने, ‘एसपीपीको विषयमा सरकार प्रष्ट थियो र, छ । नेपाल सरकार सार्वभौमसत्ता सम्पन्न राष्ट्रको कार्यापालिकाको सर्वोच्च निकायले गरेको निर्णयमा संशय व्यक्त गर्नु कदापि अस्वभाविक नै हुन्छ ।’

स्वन्तन्त्र, सन्तुलित परराष्ट्र नीति अपनाएर कसरी राष्ट्रिय हित हुन्छ भन्नेबारे सरकार सक्षम रहेको पनि खड्काले बताए ।

नेपाल सकारले वैदेशिक सहयोग स्वीकार गर्दा मुलुकको सर्वोपरी हितलाई प्राथमिकता राख्ने गरेको भन्दै परराष्ट्रमन्त्री खड्काले नेपाल असंलग्न परराष्ट्र नीतिप्रति प्रतिबद्ध रहेको बताए ।

प्रकाशित समय : १३:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु