nmb bank

गृहपृष्ठ टाटा नेक्सन ईभीको प्रथम वर्ष सफलतापूर्वक पूरा

टाटा नेक्सन ईभीको प्रथम वर्ष सफलतापूर्वक पूरा

टाटा नेक्सन ईभीको प्रथम वर्ष सफलतापूर्वक पूरा

सिप्रदी ट्रेडिङ प्रालिले टाटा नेक्सन ईभीको नेपाली बजारमा बिक्री वितरण प्रारम्भ गरेको प्रथम वर्ष सफलतापूर्वक पूरा गरेको छ । पहिलो वर्ष सफलतापूर्वक पूरा गरेको कम्पनीले जनाएको छ ।

छोटो अवधिमै यसले आफूलाई एक अत्यन्त लोकप्रिय विद्युतीय गाडीको रुपमा स्थापित गरेको कम्पनीले जनाएको छ । मुलुकको विद्युतीय गाडीको कुल बजारको बढी अंश नेक्सन ईभी एक्लैले ओगटेको कम्पनीले दाबी गरेको छ ।

सफलताको प्रमुख कारण आकर्षक बनावट, समुन्नत जिपट्रन प्रविधि, न्यून सञ्चालन खर्च, उत्कृष्ट कार्यक्षमता रहेको कम्पनीले उल्लेख गरेको छ ।

यसैगरी द्रुत चार्जिङ क्षमता, लामो ब्याट्री आयु र समुच्च सुरक्षाका विशेषताहरु र ‘फास्ट चार्जिङ’ र ‘स्लो चार्जिङ’ दुवैको लागि चर्जिङ स्टेसनको बृहत् सञ्जाल एवं अत्याधुनिक सुविधाको कारण नेक्सन ईभीले आफूलाई सर्वोकृष्ट साबित गर्न सक्षम भएको कम्पनीले जनाएको छ ।

यो एपको प्रयोग हाल १ हजारभन्दा बढी पुगेका छन् ।

दक्ष कर्मचारी एवं भौतिक संशाधनहरुको प्रभावकारी परिचालन गरी सिप्रदीले नेक्सन ईभीका हरेक ग्राहकको घरमा चार्जर जडान गर्ने प्रक्रिया पनि सञ्चालन गरिरहेको जनाएको छ ।

यस कम्पनीको १६ डिसी फास्ट चार्जरको सबैभन्दा व्यापक सञ्जाल रहेको छ भने यसले हालसम्म होटेल, अस्पताल, बैंक, मल र रेस्टुरेन्ट जस्ता सार्वजनिक स्थानहरुमा १२० भन्दा बढी एसी चार्जरहरु जडान गरेको छ ।

प्रकाशित समय : १३:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु