global ime bank Long Banner Ad

गृहपृष्ठ १ किलो ६ सय ग्राम सुनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

१ किलो ६ सय ग्राम सुनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

१ किलो ६ सय ग्राम सुनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपामा भन्सार छली लैजान लागेको १ किलो ६ सय १० ग्राम सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् । राहदानी नम्बर एम ४९५०८९५ वाहक ४२ वर्षीय युसुफ हारोनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौँ आएका उनलाई विमानस्थलमा खटिएको प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटमा जाँच गर्ने क्रममा भित्री वस्त्रमा प्लाष्टिकभित्र लुकाइ ल्याइ भन्सार छली लैजान लागेको उक्त वस्तुसहित फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा पठाइएको छ ।

प्रकाशित समय : २२:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु