गृहपृष्ठ काठमाडौं आउँदै गरेको बस दाउन्नेमा पल्टिएर आगलागी हुँदा ३३ घाइते

काठमाडौं आउँदै गरेको बस दाउन्नेमा पल्टिएर आगलागी हुँदा ३३ घाइते

काठमाडौं आउँदै गरेको बस दाउन्नेमा पल्टिएर आगलागी हुँदा ३३ घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे ५ बजे विनयी त्रिवेणी गाउँपालिका-२ स्थित दाउन्ने सडकखण्डको विश्वकर्मा मन्दिर नजिक बस दुर्घटना भई आगलागी भएको हो ।

कञ्चनपुरबाट काठमाडौं जाँदै गरेको ना ५ ख ५१०० नम्बरको बस बुधबार बिहान साढे ५ बजे अनियन्त्रित भएर सडक छेउँमा पल्टिंदा भएको आगलागीमा परेका मध्ये ६ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । बस अनियन्त्रित भई सडकबाट उत्तरतर्फ पहाडमा ठोक्किँएको इन्स्पेक्टर प्रज्ज्वल महर्जनले जानकारी दिए । आगलागीबाट यात्रु घाइते भएका हुन् ।

घाइते आठ यात्रुको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज र अन्यको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय : ०९:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु