थप ५६८ जनामा कोरोना पुष्टि, १ जनाको मत्यु
वि.सं.२०७९ साउन ९ सोमवार १७:२६
shares

पछिल्लो २४ घण्टामा ५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चार हजार ८०० परीक्षणमा ५६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । त्यस्तै थप ९५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या तीन हजार ५३४ पुगेको छ ।

























