moneygram ime

गृहपृष्ठ स्वतन्त्र उम्मेदवार: दलहरुलाई कति खतरा ?

स्वतन्त्र उम्मेदवार: दलहरुलाई कति खतरा ?

स्वतन्त्र उम्मेदवार: दलहरुलाई कति खतरा ?
citizen life insurance

गएको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकामा पाँच राजनीतिक दलको गठबन्धन थियो । त्यो पाँच दलको गठबन्धनविरुद्ध एमाले एक्लै प्रतिस्पर्धामा थियो । गठबन्धनको साझा उम्मेदवार नेपाली कांग्रेसकी उम्मेदवार सृजना सिंहले निर्वाचन जित्ने सम्भावना थियो । तर त्यो अनुमानविपरीत स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले बाजी मारे, त्यो पनि फराकिलो मत अन्तरले । आफ्नो जित सुनिश्चित रहेको दावी गर्ने एमाले उम्मेदवार केशव स्थापितले हारे । बालेनको जित एक प्रकारले काठमाडौंका जनताले गरेको विद्रोह हो र राजनीतिक दलहरुप्रतिको तीव्र असन्तुष्टि हो । तर पनि यसलाई प्रमुख राजनीतिक दलले स्वीकार गरेका छैनन् ।

अहिले काठमाडौंमा बालेन्द्र शाहले केही काम अगाडि बढाउन खोजिरहेका छन् । तर उनलाई यो कार्य निकै कठिन सावित भएको छ किनभने उनलाई पुरानो दलीय संयन्त्रले पूरै असहयोग गरिरहेको छ । उनले कतिकाे काम गर्न पाउँछन्, त्यो हेर्न नै बाँकी छ । उनका लागि त्यो दलीय संयन्त्र तोडेर अगाडि बढ्ने कार्य त्यति सहज भने छैन ।

बालेन मात्र होइन, धरानलगायत धेरै ठाउँमा स्वतन्त्र उम्मेदवारहरुले ठूला दलका बलिया  उम्मेदवारहरुलाई हराएका छन् । उनीहरुको विजयले राष्ट्रिय नयाँ तरंग सिर्जना गरेको छ । पहिलो, प्रमुख राजनीतिक दलहरुमा झस्किएका छन्, किनभने उनीहरुलाई एउटा सामान्य व्यक्तिले पनि हराउन सक्ने रहेछ भन्ने लागेको छ । केन्द्रदेखि टोलसम्म रहेका उनीहरुका संरचना र कार्यकर्ताहरुको अस्तित्वमा नै प्रश्नचिह्न उत्पन्न गरेको छ । तर पनि दलहरुको चेत खुलेको देखिँदैन । उनीहरु काठमाडौंको नतिजालाई अपवाद भनेर बसिरहेका छन् ।

अब ढिलोचाँडो मुलुक संसदीय निर्वाचनमा जाने छ । निर्वाचनको मिति घोषणाअगाडि नै बालेनजस्तै धेरै उम्मेदवारहरुले उम्मेदवारी घोषणा गर्न थालेका छन् । काठमाडौं क्षेत्र १ मा यस अगाडि नै पुकार बमले उम्मेदवारी घोषणा गरेर तयारीसमेत अगाडि बढाइसकेका छन् । त्यसैले वातावरणविद् अरनिको पाण्डेले ललितपुर ३ बाट उम्मेदवार घोषणा गरेका छन् । त्यसैगरी चर्चित कार्यक्रम प्रस्तोता रवी लामिछानेले पनि नयाँ राजनीतिक दल खोलेर निर्वाचनको तयारी थालेका छन् ।

एमालेको हालत पनि त्यही छ । यसका अध्यक्ष केपी ओली पार्टीमा निकै शक्तिशाली भएका कारण कसैले पनि बोल्न सकेका छैनन्, तर एमालेभित्र पनि नयाँ नेतृत्व आउनुपर्छ भन्ने आवाज निकै छ । त्यसैले अबको निर्वाचनबाट पनि एमालेको नेतृत्वमा परिवर्तन आउने कुनै पनि संकेत देखिएको छैन ।

यसले पक्कै पनि नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र मधेशवादी दलहरुलाई ठूलो चुनौती थपिदिएको छ । किनभने उनीहरुप्रति जनतामा एकदमै वितृष्णा रहेको छ । विगत ३ दशकमा उनीहरुले गरेको कुशासन र भ्रष्टाचारले जनताहरु दिक्क भइसकेका छन् । राजनीतिलाई कमाउने भाँडो बनाउने, पैसा जम्मा गर्ने र राज्य सबै निकायलाई दलीयकरण गर्ने प्रवृत्तिले जनतामा दलहरुप्रति यति वितृष्णा बढेको छ कि उनीहरु कुनै न कुनै विकल्प खोज्ने मुडमा पुगिसकेका छन् । यति अब दलहरु सुध्रिएनन् भने देशव्यापी स्वतन्त्र उम्मेदवारहरुको संख्यामा निकै बढोत्तरी हुनेछ । त्यसले अब प्रमुख राजनीतिक दलहरु सुध्रन ढिलो भइसकेको छ । तर प्रमुख राजनीतिक दलहरुले त्यसको कुनै छनक दिएका छैनन् ।

पहिला नेपाली कांग्रेसको नै कुरा गरौं । नेपाली कांग्रेसभित्र अब युवाहरुले पार्टी र सरकारको नेतृत्व गर्न पाउनुपर्छ भन्ने व्यापक आवाज उठेको छ । तर पार्टी नेतृत्वले त्यसको कुनै सुनुवाई नै गरेको छैन । अबको निर्वाचनपछि आफू अनुकुल नै बनाउन नेतृत्व लागेको छ । त्यसैले कांग्रेसले अन्य पार्टीहरुसँग गठबन्धन गरेर जसरी पनि बहुमत ल्याउने र फेरि सरकारको नेतृत्व गर्ने तयारी गरेको छ तर त्यो नयाँ पुस्ताले होइन, त्यही पुरानो पुस्ता नै फेरि सरकारको नेतृत्व गर्न अगाडि बढेको छ । यही नेतृत्वले निरन्तरता पाउने हो भने जनतामा अझै वितृष्णा बढ्छ ।

दोस्रो, एमालेको हालत पनि त्यही छ । यसका अध्यक्ष केपी ओली पार्टीमा निकै शक्तिशाली भएका कारण कसैले पनि बोल्न सकेका छैनन्, तर एमालेभित्र पनि नयाँ नेतृत्व आउनुपर्छ भन्ने आवाज निकै छ । त्यसैले अबको निर्वाचनबाट पनि एमालेको नेतृत्वमा परिवर्तन आउने कुनै पनि संकेत देखिएको छैन । माओवादी पनि हालत पनि त्यही छ । पुष्पकमल दाहाल जसरी पनि सरकारको नेतृत्व हत्याउने दौडमा छन् । उनी कांग्रेस र एमाले जसले प्रधानमन्त्री पद सुनिश्चित गर्न सक्छ, त्यसैसँग गठबन्धन गर्ने पक्षमा छन् । यही मिसनका लागि लागि उनले हालै भारतको भ्रमण गरी त्यहाँको उच्च राजनीतिक नेतृत्वसँग निकै लामो कुराकानी गरे ।

यहाँ भन्न खोजिएको कुरा के हो भने फेरि पनि त्यही ३० वर्षदेखिको अनुहार दोहोरिने हो भने जनताले पक्कै पनि स्वतन्त्र र नयाँ उम्मेदवारलाई नै भोट हाल्नेछन् र पार्टीहरु कमजोर हुँदै जानेछन् । यस विषयलाई गम्भीर रुपमा लिँदै दलहरुले अब युवा र नयाँ अनुहारलाई अगाडि सारेर निर्वाचनमा जानुर्पछ । नेपाली कांग्रेसमा गगनकुमार थापाले प्रधानमन्त्रीको दावी गरेका छन् ।

 त्यसैले कांग्रेसले अन्य पार्टीहरुसँग गठबन्धन गरेर जसरी पनि बहुमत ल्याउने र फेरि सरकारको नेतृत्व गर्ने तयारी गरेको छ तर त्यो नयाँ पुस्ताले होइन, त्यही पुरानो पुस्ता नै फेरि सरकारको नेतृत्व गर्न अगाडि बढेको छ । यही नेतृत्वले निरन्तरता पाउने हो भने जनतामा अझै वितृष्णा बढ्छ ।

त्यसैगरी माओवादी र एमालेमा पनि नयाँ अनुहारले आफूलाई अगाडि बढाउनुपर्छ । यति मात्र होइन, अब आउने निर्वाचनमा दलहरुले युवा अनुहारलाई प्राथमिकता दिनुपर्छ । तर राजनीतिक दलमा रहेका युवाहरुलाई पनि आफूलाई रुपान्तर गर्न ढिलो भइसकेको छ किनभने युवाहरुमा पनि पुरानैहरुको रोग देखिएको, भ्रष्टाचारमा डुबेको आरोप लागिसकेको छ ।

त्यसैले दलहरुको मुख्य चुनौती उनीहरु नै हुन् । उनीहरुले आफूलाई सुधार नगर्ने हो भने स्वतन्त्र उम्मेदवारहरुले अबको निर्वाचनमा निकै मत प्राप्त गर्न देखिन्छ । केन्द्रदेखि गाउँसम्म राजनीतिक दल र उसका कार्यकर्ताहरु मिल्ने, स्रोत र साधनमा कब्जा जमाउने, पैसाको बलले निर्वाचन जित्ने प्रवृत्ति देखिएको छ । यसले गर्दा गरिब र निमुखा जनता मर्कामा परेका छन् ।

त्यसैले वास्तविक जनताले अब यो अवस्थामा परिवर्तन चाहेका छन् । त्यसैले प्रमुख राजनीतिक दलहरुलाई अब निकै ठूलो चुनौती देखिन्छ । जनताले चाहेको परिवर्तनको चाहनालाई दलहरुले समयमा नै बुझ्न आवश्यक छ । तर भइरहेको छ उल्टो । देश एकदमै ठूलो आर्थिक संकटको मुखमा रहेको छ तर दलहरुलाई यसको कुनै वास्ता छैन । अहिले भए पनि कसरी सत्तामा बसिरहने र कसरी टिकिरहने भन्ने ध्यान मात्र रहेको छ । कम्तीमा राजनीतिक दलमा रहेका युवाहरुले त यसलाई गम्भीर रुपमा लिनु पर्दछ ।

प्रकाशित समय १७:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

muktinath bikas bank