गृहपृष्ठ युरोपका ४४ देशमा ‘प्रेमगञ्ज’ रिलिज हुने

युरोपका ४४ देशमा ‘प्रेमगञ्ज’ रिलिज हुने

युरोपका ४४ देशमा ‘प्रेमगञ्ज’ रिलिज हुने

फिल्म ‘प्रेमगञ्ज’ युरोपका जर्मनी, अष्ट्रिया, पोल्यान्ड, माल्टा, डेनमार्क, नेदरल्यान्डलगायत युरोपका ४४ देशमा प्रदर्शन हुनेछ । नेपाल र युरोपमा फिल्म एकसाथ प्रदर्शन हुनेछ ।

फिल्मलाई युरोपका बिभिन्न देशमा लोकाह फिल्म इन्टरनेशनलले युरोप प्रदर्शन गर्न लागेको हो । आइतबार निर्माण टिमले एक विज्ञप्ति जारी गर्दै विदेशी फिल्मझैं ‘प्रेमगञ्ज’ पनि युरोपको हलमा नै प्रदर्शन हुने जानकारी गराएको छ ।

फिल्मका निर्देशक तथा लेखक परिच्छेद सेनले युरोपमा फिल्मको प्रदर्शन अधिकार बिक्री गर्नुको उद्देश्य पैसाका लागि मात्र नभइ नेपाली फिल्मको प्रवर्द्धनका लागि ढोका खोल्नु रहेको बताए । भारतमा पनि फिल्म प्रदर्शनका लागि प्रतिष्ठित कम्पनी पिभिआरसँग निरन्तर छलफल भइरहेको उनले जानकारी दिए ।

राजु फुयाँल प्रस्तुतकर्ता र अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मले दुई कालखण्डको प्रेमकथा प्रस्तुत गरेको छ । फिल्ममा सञ्जय लामाको छायांकन र अर्जुन जिसीको सम्पादन छ । फिल्ममा बेनिशा हमाल, तेज गिरी, राइडर प्रशन, सुप्रिया खनाल, रश्मी भट्ट, गीता अधिकारी, नरेश पौडेल, सञ्जोग रसाइली, पवन भट्टराई लगायतको अभिनय छ ।

प्रकाशित समय : ०७:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु