global ime bank Long Banner Ad

गृहपृष्ठ सानिमा बैंक र प्रहरी अस्पतालबीच विपन्न महिलाको उपचारमा सहयोगसम्बन्धी सम्झौता

सानिमा बैंक र प्रहरी अस्पतालबीच विपन्न महिलाको उपचारमा सहयोगसम्बन्धी सम्झौता

सानिमा बैंक र प्रहरी अस्पतालबीच विपन्न महिलाको उपचारमा सहयोगसम्बन्धी सम्झौता

सानिमा बैंक र नेपाल प्रहरी अस्पताल महाराजगन्जबीच न्यून आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौता भएको छ । उक्त सम्झौताअन्तर्गत सानिमा बैंकले न्यून आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि वार्षिक चार लाख ८० हजार सहयोग उपलब्ध गराउनेछ ।

सानिमा बैंकले प्रत्येक ‘नारी बचत खाता’बापत बैंकको तर्फबाट मासिक १ रुपैयाँको दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दै आएको छ । उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैंकले नेपाल प्रहरी अस्पतालसँग यो सम्झौता गरेको बैंकले जनाएको छ ।

नेपाल प्रहरी अस्पतालमा आयोजित कार्यक्रममा उक्त सम्झौतापत्रमा नेपाल प्रहरी अस्पतालका प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंह र सानिमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईंले हस्ताक्षर गरेका छन् ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ कार्यालय र १२० वटा एटीएम सञ्चालनमा छन् ।

प्रकाशित समय : १४:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु