गृहपृष्ठ भक्तपुरकाे सल्लाघारीमा रूख ढलेर बस र स्कुटर किच्दा १५ जना घाइते
भक्तपुरकाे सल्लाघारीमा रूख ढलेर बस र स्कुटर किच्दा १५ जना घाइते
भक्तपुरमा आइतबार दिउँसो एउटा रूख ढल्दा बस र स्कुटर किचिएका छन् । सल्लाघारीस्थित इवामुरा अस्पतालनजिकै रूख ढलेर बस र स्कुटर किच्दा १५ जना घाइते भएकाे प्रहरीले जनाएकाे छ ।
लोकन्थली, कौशलटार, गठ्ठाघर, राधेराधे रूटमा चल्ने बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई रूखले किचेको हो । घाइतेहरूलाई इवामुरा अस्पताल, भक्तपुर इन्टरनेशनल अस्पताल र मध्यपुर ठिमी अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजु पाण्डेले बताए । उनका अनुसार केही घाइतेहरूको अवस्था गम्भीर छ ।
प्रकाशित समय : १४:१२ बजे



















