global ime bank Long Banner Ad

गृहपृष्ठ गुराँस लाइफले गर्‍यो २१ लाख रुपैयाँको बिमा दावी भुक्तानी

गुराँस लाइफले गर्‍यो २१ लाख रुपैयाँको बिमा दावी भुक्तानी

गुराँस लाइफले गर्‍यो २१ लाख रुपैयाँको बिमा दावी भुक्तानी

गुराँस लाइफ इन्स्योरेन्सले २१ लाख रुपैयाँको बिमा दावी भुक्तानी गरेको छ । कम्पनीको क्षेत्रीय कार्यालय पोखराले आफ्ना बिमित यम प्रसाद गुरुङको उपचारका क्रममा निधन भएपछि मृतकको परिवारलाई २१ लाख दुई हजार रुपैयाँको बिमा दावी भुक्तानी गरेको हो ।

कम्पनीको क्षेत्रीय कार्यालय पोखरामा २०७८ साल भदौ ३० गते २० लाख बिमांकको मृतक गुरुङले जीवन बिमा गरेका थिए । मृतककी श्रीमती मोतीमाया गुरुङलाई कम्पनीका क्षेत्रीय प्रमुख हरि शर्मा पौडेल र वरिष्ठ क्षेत्रीय मार्केटिङ अधिकृत श्याम प्रसाद तिमिल्सेनाले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा क्षेत्रीय प्रमुख पौडेलले एक बत्तीले लाख बत्ती बालेजस्तै हरेक घरमा अभिकर्ताले जीबन बिमाको दियो बाल्नुपर्ने बताए । यस्तै, वरिष्ठ क्षेत्रीय मार्केटिङ अधिकृत तिमिल्सेनाले जीवन बिमाले व्यक्ति नै फिर्ता ल्याउन नसके पनि उसको आम्दानीलाई बचाइ राख्न जीवन बिमामा लगानी गर्नुपर्ने बताए ।

प्रकाशित समय : ०७:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु